काठमाडौ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट ल डे र एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो।
राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल ख’सेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।
मापसे गरेका कारण राउत ल डे को अनुमान गरिएको छ। राउतको श व लाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए। ९न्यूज कारखाना
यो अर्को खबर, मकवानपुर९ मकवानपुरको हेटौंडा(१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ क्क र दिदा दुईजनाको मृत्यु भएको छ।
नारायणगढबाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ बर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना शुक्रबार राति भएको हो। फाइल तस्बिर