काठमाडौं – मित्रराष्ट्र पाकिस्तानकी गायिका सारा राजा खानले नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ गाएको भिडियो सामाजिक संजालमा भा’इ ’र’ल बनेको छ ।
खानले एक कार्यक्रममा नेपाली गीत गाएपछि त्यसको भिडिओ भा’इ’ र’ल भएको हो । साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले उनको प्रशंसा गरेका थिए ।
उनले पाकिस्तानी नै गायक/गीतकार गुलाम अलीले गाएको ‘गाजलु ती ठूलाठूला आँखा’ र गायक/संगीतकार राजनराज शिवाकोटी, मेलि ना राईलगायतको स्वरमा रहेको ‘कुटुमा कुटु सुपारी दाना’लगायत नेपाली गीत गाएकी हुन् ।
‘कुटुमा कुटु सुपारी दाना’ नेपाली चलचित्र ‘दुई रुपैयाँ’को गीत हो । पाकिस्तानी गायिका साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पा किस्तानी दर्श कले वाहवाही गरेका थिए।सारा पाकिस्तानी रियालिटी सो ब्राइट स्टारकी विजेता पनि हुन् ।
उनको पाकस्तानमा मात्र न भइ विश्वभर धेरै फ्यानहरु रहेका छन् । उनले ‘मेरे कातिल, मेरे दिलदार’ गीतबाट सर्वश्रेष्ठ मौलिक साउन्डट्र्याकका लागि सन् २०१३ मा पुरस्कार पाएकी थिइन् ।
तलको भिडिओमा सुन्नुहोस् पाकिस्तानी गायिकाले रोचक ढंगले नेपाली गीत गाएको :