Sunday , November 28 2021
Home / समाचार / एनसीबीको यस्तो तर्क र प्रमाणले शाहरुखका छोरा आर्यनले पाएनन् जमानत

एनसीबीको यस्तो तर्क र प्रमाणले शाहरुखका छोरा आर्यनले पाएनन् जमानत

एजेन्सी । अदालतले शाहरुख खानका छोरा आर्यन खान ड्रग घटनामा जमानत याचिका अस्वीकार गरेको छ। अक्टोबर २ मा आर्यन खानलाई एनसीबीले ड्रग घटनामा पक्राउ गरेको थियो। यसअघि यो मु द्दा अक्टोबर १४ मा सुनुवाई भएको थियो, तब मुम्बई अदालतका न्यायाधीश वीभी पाटिलले सबै पक्षलाई सुनेपछि आर्यनको जमानतको फैसला २० अक्टोबर सम्म सुरक्षित राखेका थिए।

त्यसपछि आर्यनले ५ दिन जेलमा बिताउनु परेको थियो। सबै तर्क सुने पछि, न्यायाधीश वीवी पाटिल बुधवार करिब पौने ३ वजे अदालतमा पुगे र मात्र दुई शब्दहरुमा अपरेटिव आदेश सुनाए। उनले भने ‘बेल अस्वीकार’। यो संगै आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचा को जमानत आवेदन खारेज भएको छ।

आर्यन खानका वकिलहरुका अनुसार एक पटक अदालतको फैसलाको प्रतिलिपि आइसकेपछि उनी उच्च अदालत जान्छन्। एनसीबीले अदालतमा यस्तो तर्क राखेको थियो कि आर्यन खान फेरि जेल जान बाध्य भए।

२० बर्षको उमेरदेखि ड्रगको प्रयोग
एनसीबीले तर्क दियो कि आर्यन २० बर्षको उमेरदेखि ड्रग प्रयोग गर्दै आएका छन्। उनले देशमा मात्र नभई विदेशमा पनि विभिन्न किसिमका औषधि सेवन गरेका छन्। आर्यन ४ बर्षदेखि ड्रग लिइरहेका छन् ।

आर्यनको अन्तरराष्ट्रिय औषधि बिक्रेता संगको स म्ब न्ध
एमसीबीले आर्यन खान बिरुद्ध अदालत मा प्रमाण प्रस्तुत गरेको छ कि आर्यन खान अन्तर्राष्ट्रिय ड्रग रैकेट मा संलग्न छ। आर्यनको बारेमा प्रहरीसंग यस्तो प्रमाण छ जो उनको ड्रगको अन्तर्राष्ट्रिय ब्यक्तिसंग स म्ब न्ध जोडिएको छ।

आर्यनको ड्रग बारे कुरा गरेको च्याट प्रहरीले फेला पार्यो
एनसीबीले आर्यनको व्हाट्सएप च्याट अदालतमा प्रस्तुत गरेको छ। यस कुराकानी मा आर्यन एक नबोदित अभिनेत्री संग ड्रग को बारे मा कुरा गरेका छन्। एनसीबी अधिकारीहरूले यी नबोदित नायीका को हुन् भन्ने बारे कुनै खुलासा गरेका छैनन्। एनसीबीका अनुसार अरबाजका साथी अरबाजबाट ड्रग जहाजमा भेटिएको थियो।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *