Monday , December 6 2021
Home / मनोरंजन / पूर्व राजा ज्ञानेन्द्र शाहको रोमांटिक डान्स मुड हेर्नुहोस, नाच्दानाच्दै यस्तो सम्म गरे (भिडियो सहित)

पूर्व राजा ज्ञानेन्द्र शाहको रोमांटिक डान्स मुड हेर्नुहोस, नाच्दानाच्दै यस्तो सम्म गरे (भिडियो सहित)

परिवारका सदस्यसहित उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा ।

जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।’

हेर्नुहोस् तलको भिडियो :-

About admin

Check Also

अनु मलिक पथ’मा कालीप्रसाद: गीत हिट, तर चोरीको !

काठमाडौंः यति बेला सामाजिक संञ्जालहरूमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली’ निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *