Tuesday , January 18 2022
Breaking News
Home / स्वास्थ्य / के साच्चैँ नै आँखा फरफराउनु शुभ र अशुभ हुन्छ ? जान्नुहोस् यस्तो छ कारण

के साच्चैँ नै आँखा फरफराउनु शुभ र अशुभ हुन्छ ? जान्नुहोस् यस्तो छ कारण

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।

तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ। अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन।

तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।

थकान: तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।

आँखा दुखाई : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ । खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।

क्याफिन र अल्कोहल: विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।

सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन् । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।

पोषकतत्वको असन्तुलन: म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।

एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।

About admin

Check Also

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ता छन् यसका अचुक फाइदा जानी राखौं

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ताे छ यसका अचुक फाइदा ! पुदिना स्वास्थको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *