Monday , January 24 2022
Breaking News
Home / मनोरंजन / विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

विहे नगरीकनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

About admin

Check Also

के बलिउड कि यी चर्चित सुन्दरी नायिका संग कारण जोहरको बिहे हुदैछ ?

बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला फिल्मी दुनियाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा निकै सक्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *