Sunday , November 28 2021
Home / समाचार / पैसाको अभाव हुन्थ्यो, पैसा कमाउने भनेर म शहर पसेकी थिए !

पैसाको अभाव हुन्थ्यो, पैसा कमाउने भनेर म शहर पसेकी थिए !

पहिला त उ कहिले काँही कोठीमा आउँथ्यो, कहिले मसँग त कहिले अन्य युवतीसँग बस्थ्यो’ तर उ विस्तारै मेरालागि कोठीमा आउन लाग्यो, थाहा छैन कसरी उसको र मेरोबीच खास सम्बन्ध भयो’ मेरठको रे’ड लाइट एरिया कबाडी बजारमा एउटा कोठीमा बेचिएकी अनिता (नाम परिवर्तन) को जीवनमा एक व्यक्ति उनको अँध्यारो जीवनमा उज्यालो बनेर आयो।

त्यसो त यौ’नक’र्मीको जिन्दगीमा प्यारको ठाउँ हुँदैन। तर, अनीताको जीवनमा प्रेमको रंग विस्तारै विस्तारै चढ्न लागेको थियो। यद्यपी अनीता कयौं भावनाहीत सम्बन्धबाट गुज्रिएकी थिइन्। त्यसकारण कसैमाथि पनि भरोसा गर्नु मश्किल थियो। तर, आशाको किरण पनि ताजै थियो। यही प्रेमले अनीतालाई यौ’नक’र्मीको जीवनबाट स्वतन्त्रता मिल्यो। उनलाई समाजमा एउटा सम्मानजनक जीवन मिलेको छ।

पश्चिम बंगालको २४ परगनाबाट ल्याइएको अनीताको जीवन कयौं कठोर पथ्थर भएका बाटोबाट गुज्रिनुपर्यो। ‘मेरो घरमा आमा–बुवा, सानी बहिनी र भाइ थिए। घरमा सधैं पैसाको अभाव हुन्थ्यो। यस्तोमा कमाउने एक हातको आवश्यकता थियो। त्यसकारण मलाइ केही कमाएर घर परिवारलाई सहयोग गर्नुपर्छ भन्ने सोच आयो। त्यतिबेला गाउँको एक व्यक्तिले शहरमा जागिर लगाइदिने बताए। उसले मेरा आमा–बुवालाई मलाइ राम्रो काम लगाइदिने र राम्रो पैसा कमाइ हुने बताएपछि म पाँच वर्षपहिला ती व्यक्तिसँग शहर आएँ,’ अनीता भन्छिन्, ‘तर केही दिनपछि उनले मलाइ कोठीमा बेचिदियो।’

त्यतिबेला अनीताकालागि यो धर्ती नै फाटेजस्तो भयो। केही दिनसम्म त उनले केही बुझ्नै सकिनन् की आफूमाथि के भएको छ भनेर। अनीता कोठीमा मानिससँग आफूलाई घर जान दिन अनुरोध गर्थिन, तर उनको कुरा कसैले पनि सुन्दैनथ्यो।

जागरि खान आएकी अनीताकालागि यौ’नक’र्मी बन्नु, मृत्युलाई स्वीकार गर्नुजस्तै थियो। सुरुमा अनीताले यसको धेरै विरोध गरिन्। उनलाई कु’ट’पि’ट गरियो। उनलाई त्यहाँबाट भा’गे ज्या’न ‘मा’र्ने र अनुहारमा बि’गा’र्ने ध’ म्की पनि दिइयो।

अनीता भन्छिन्, ‘मसँग अन्य कुनै विकल्प थिएन। मेरालागि त्यो ठाउँ जेल जस्तै थियो। मसँग ज’ब’र्ज’स्ती पनि गरियो। ताकि ग्राहककालागि म तयारी अवस्था बसौं। या मर्नु वा त्यसकालागि राजी हुनुको विकल्प मसँग थिएन। मैले जीवनसँग हार खाएर यो खराब पेशामा आफूलाई सहाहित गरेँ।’

तर, अनीताको जीवनमा त्यतिबेला परिवर्तन आयो, जतिबेला उनका भेट मनीष (नाम परिवर्तन) सँग भयो। ‘कहिले मनीष र मेरो खास सम्बन्ध भयो हामी दुवैलाई पत्तै भएन। मनीष सुरुका दिनमा मसँग भेट्न आउन थाले, मसँग कुरा गर्थे र मलाइ रमाइलो लाग्थ्यो,’ अनीताले भनिन्। फेरि एक दिन अचानक आफ्नो मनको कुरा मनीषले अनीतासँग भने। अनीतालाई कोठीको नर्कबाट छुटकारा चाहिएको थियो, मनीषमा अनीताले साहारा देखिन्।

तर, मनीषमाथि पनि सजिलैसँग विश्वास गर्न सक्ने अवस्था थिएन। अनीताले पहिलादेखि नै धो’का पाएकी थिइन्। त्यही कारण सम्हालिएर अनीताले मनीषसँग कोठीबाट बाहिर निस्किने आफ्नो इच्छा रहेको सुनाइन्। कोठीमा मानिसलाई मनीष बारम्बार कोठीमा आइरहेको थाहा थियो।

तर, अनीताकालागि यस्तो हुनु कुनै नौलो कुरा थिएन। किनभने कयौं पटक यस्ता ग्राहक आउँथे जसलाई कोठीको खास युवती मनपथ्र्यो। मनीषले एक एनजीओसँग स’म्पर्क गरे। यो संस्था मेरठमा नै काम गथ्र्यो। र, वे’श्या’वृ’त्तिमा फ’सेका युवतीलाई छुटाउने र पुनर्वासमा सहयोग गथ्र्यो। सामान्यता को’ठीमा जाने ग्राहक नै संस्थामा उद्दारकालागि आग्रह गर्थे।

एनजीओ संचालक अतुल शर्माले भनिन्, ‘मनीष मसँग आएका थिए। उनले कोठीकी एक युवतीसँग प्यार भएको र उसलाई निकाल्न चाहेको कुरा बताए। मैले उसलाई सोधें की कोठीबाट निकालेपछि के हुन्छ, मनीषले भन्यो म उसँग विवाह गर्छु।’

पहिलो पटक भएकाले मनीषमाथि विश्वास गर्न मुश्किल भएको र केही दिनसम्म मनीषसँग कुरा गरेर उनको विचार बुझेको अतुल बनाउँछिन्। मनिष दुई पटकसम्म अफिस आएर युवतीलाई निकाल्न आग्रह गरेपछि उनको कुरामा विश्वास लागेको शर्माले बताइन्।

अतुल शर्माले पहिला युवतीको सहमति लिएर आउन भनिन्। किनभने कोठीबाट बाहिर ल्याउनु मुश्किल काम हो। मनीष अनीतासँग गएर सबै कुरा बताए। अनीता त्यँहाबाट चाँडो भन्दा चाँडो निस्किन चाहन्थिन्। उनले एउटा स्टाम्प र पेपर ल्याउन भनिन्। जब मनीषले पेपर लिएर गए तब अनीताले खाली कागजमा आफ्ना औंलाको छाप लगाइन्।

‘मलाइ लेख्न आउँदैनथ्यो। म बाहिर कसैसँग पनि कुरा गर्न सक्दिन थिएँ म चि’च्या’एर भन्न चाहन्थेँ मलाइ यहाँबाट चाँडो बाहिर निकाल’, अनीतले भनिन्। त्यसपछि अतुल शर्मा प्रहरीसँग कोठीमा पुगिन्।

त्यहाँ धेरै युवती भएकाले चिन्न समस्या भयो। अतुलले जोडले अनीतालाई बोलाएपछि एक युवती उभिइन्। ‘मैले बुझिहाले की उनी त्यही युवती हुन्। मैले उनको हात समाए र सँगै हिँड्न भने। केही डर पनि लागेको थियो। किनभने बोठीबाट बाहिर निस्किएपछि दलालको डर हुन्छ। फेरि कोठी संचालकले मलाइ रोक्न खोजिनन्। मैले उनलाई यी युवती यहाँबाट जान चाहेको कुरा बताएँ,’ अतुलले भनिन्।

त्यसपछि अतुल शर्माले मनीषका आमा–बुवासँग कुरा गरिन्। स्वाभाविक रुपमा पहिला उनीहरु तयार भएनन्। तर, छोराका जिद्दीका अगाडि उनीहरु धेरै समय टिक्क सकेनन्। तर, उनीहरुले अनीतको विगत लुकाउनुपर्ने शर्त राखे।

‘मैले त विवाहको विषयमा सोच्नै छोडेकी थिएँ। तर मनीष आएपछि केही आशा जागेको थियो। यदि मनीषका आमा–बुवाले मलाइ अपनाएको भएपनि मलाइ दुख लाग्दैन थियो। आखिर किन कसैले आफ्नो टाउको ब’द्नामी बोक्छ। तर विस्तारै विस्तारै उहाँहरुले मलाइ स्वीकार गर्नु भयो। आज मेरी एक छोरी छिन्। र इज्जतीलो जीवन पनि,’ अनीता भन्छिन्।

मेरठको कबाडी बजार रेड लाइट एरिया हो, जहाँ युवतीहरु सिट्टी बजाएर ग्राहकलाई बोलाउनु, र उनीहरुको प्या’स मेटाई दिनु सामान्य कुरा हो। यस्तोमा उनीहरुलाई कोही पनि सामान्य युवतीभन्दा अगल रुपमा चिन्छन्। तर, त्यहाँबाट छुटेका कयौं युवतीले आफ्नो घरजम गरेका छन्। उनीहरुलाई रोजगारी दिने प्रयास पनि गरिएको छ। त्यहाँबाट निकालेपछि युवतीलाई यो संस्थो सामान्य रहन–सहनको तालिम पनि दिन्छ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *