Sunday , November 28 2021
Home / जीवनशैली / बिबाह गर्नु अगाडी केटाका बारेमा जान्नै पर्ने १० कुराहरु

बिबाह गर्नु अगाडी केटाका बारेमा जान्नै पर्ने १० कुराहरु

विवाह कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हो । त्यसैले यो निर्णय लिनुअघि निकै सोचविचार गर्नुपर्छ, धेरै कुरालाई ध्यान दिनुपर्छ । हाम्रो समाजमा विवाहका लागि केटाले केटी हेर्ने चलन छ । केटीले केटा हेर्ने चलन छैन । प्राय केटीहरुले अभिभावककै निर्णयका आधारमा बिहे गर्ने गर्छन् । तर उनीहरु आफैंले केटाको हरेक पक्षको मूल्यांकन गर्नु अति जरुरी छ किनकी यो जीवन बिताउने सवाल हो । यहाँ हामी विवाहपूर्व केटीले केटाको विषयमा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्दैछौं ।

१. यो थाहा लगाउनुपर्छ कि केटाको करिअरको लक्ष्य के हो ? उ आफूलाई आगामी ५ वर्षमा कहाँ देख्न चाहन्छ ? २. केटाको धैर्यता कति छ भन्ने जाँचौं । मोबाइल हराउँदा वा कम्प्युटर स्लो चल्दा उसको प्रतिक्रिया महसुस गरौं । ३. केटाको प्रिय ठाउँका बारेमा थाहा पाउने मात्रै होइन उसँग त्यहाँ घुम्न पनि जानुपर्छ । यसबाट केटाको आनीबानी र व्यवहार बुझ्न सजिलो हुनेछ ।

४. केटाले कस्तो लुगा लगाएको छ ? कत्तिको सफा छ ? यी कुराहरु हेरौं । उसको लिभिङ स्ट्यान्डर्ड जाँच गरौं । ५. व्यक्ति कुन माहोलमा हुर्किएको छ, यसमा धेरै कुरा भर पर्छ । सफासुग्घर भएर बस्ने व्यक्तिले आफ्नो बच्चा तथा श्रीमतीलाई पनि यसैगरी बस्न सिकाउँछ । ६. केटासँग सन्तानको योजनाबारे कुरा गर्नुस । उ कति बच्चा जन्माउन चाहन्छ ? फेमिली भ्याकेसनबारे के सोच्छ आदि बुझौं ।

७. यो थाहा पाउने कोशिष गरौं कि केटासँग लुकेको प्रतिभा के छ ? यदि उसको प्रतिभालाई बाहिर ल्याउन सकियोे भने आपसी प्रेम झनै झांगिनेछ । ८. थाहा पाउनुपर्छ कि प्रेम र विवाहलाई लिएर उसको धारणा के छ ? इन्टिमेसीको विषयमा दुवैको सोच मिल्छ कि मिल्दैन । केटाको फिलिङ्स पत्ता लगाउनुपर्छ । ९. केटाको पढाईलेखाई सबैभन्दा महत्वपूर्ण छ । उसले कुन विषयमा कुन तहसम्म पढेको छ भन्ने कुरा सबैभन्दा सुरुमा पत्ता लगाउनुपर्छ । १०. केटा मिहिनेति छ कि छैन भन्ने कुरा पनि उत्तिकै अहम् छ । त्यसैले विहे गर्नुअघि उ अल्छे छ कि मिहिनेति छ भन्ने पनि पत्ता लगाउनुपर्छ ।

प्रेमलाई बुझ्ने कि व्यक्त गर्ने ? संभवत कतिपयलाई यसबारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ । संभवत यस्तै मान्यताले नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाइने गरिन्छ । किन मनाइयो त भ्यालेनटाइन डे ? यसको सूत्रपात कसरी भयो ? खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाईकालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *