Sunday , November 28 2021
Home / समाचार / धादिङबाट जाँदै गरेको बसभित्र यस्तो भयो : राजु लामासहित २ जना पक्राउ, एक बेपत्ता !

धादिङबाट जाँदै गरेको बसभित्र यस्तो भयो : राजु लामासहित २ जना पक्राउ, एक बेपत्ता !

काठमाडौं कात्तिक १४ । बसमा सवार यात्रुलाई हातपात गरी नगद लुटेकाे अभियाेगमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामासहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बसमा सवार जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको जनाएकाे छ ।

यस्तै, प्रेमसम्बन्धमा रहेकी युवतीकाे अश्लील फोटो र भिडियो खिचेर पटक पटक देखाउँदै पुनः जवरजस्ती करणी गरेकाे आराेपमा बिरगंजमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

बाराकाे कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई वीरगंज महानगरपालिका-८ बाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे । उच्च शिक्षाको लागि वीरगंज आएकी १९ वर्षीया किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसेका थिए ।

उनले युवतीलाई विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिची गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रासमा पारेर पुन: जबरजस्ती करणी गरेका थिए । प्रहरीमा परेकाे साेही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *