Monday , August 15 2022
Breaking News
Home / समाचार / ट्राफिक प्रहरीको चेकिङ एकान्त र सुनसान ठाउँमा, किन हुन्छ?

ट्राफिक प्रहरीको चेकिङ एकान्त र सुनसान ठाउँमा, किन हुन्छ?

टीकापुर – बर्दिया र कैलाली जोड्ने कर्णाली सत्तीघाट पुल क्षेत्र सवारी चाप हुने क्षेत्र हो न त्यहाँ भीँड हुन्छ । त्यो दुर्घटना क्षेत्र पनि होइन । टीकापुर नगरपालिका वडा न ७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट सत्तीको टोलीलाई चेकिङका लागि यही ठाउँ प्रिय लाग्छ ।

चाहे चाडपर्व नजिकिएको बेला होस् वा ट्राफिक प्रहरीलाई फुर्सद मिल्दा नेपाल प्रहरीको सहयोगमा यही ठाउँमा ट्राफिक चेकिङ हुन्छ किन ? ‘रकम असुली गर्न एकान्त र सुनसान ठाउँमै चेकिङ हुन्छ’, एक अटो चालकले अनुभव सुनाए, ‘जहाँ बस्ती हुँदैन । जंगल मात्र छ ।

बस्ती र पैदल ओहोरदोहोर नहुने भए पनि अटो, ट्याक्टर र मोटरसाइकलको चहलपहल भइरहन्छ । त्यहाँ कसैले देख्दैन । सवारी चालकसँग रकम असुली गर्न सजिलो हुन्छ । त्यस्तो ठाउँ ट्राफिक प्रहरीले चेकिङका लागि रोज्छन् ।’ टीकापुरमा मात्र होइन, कैलाली जिल्लामा अधिकांश स्थानमा ट्राफिक प्रहरीले एकान्त र सुनसान ठाउँमा ट्राफिक चेकिङ गरिरहेका छन् ।

व्यवसायीको आरोप र गुनासोलाई ट्राफिक प्रहरी स्वीकार गर्दैनन्, आरोप मात्र भएको जिकिर गर्छन् ।अस्थायी ट्राफिक प्रहरी पोष्टका सत्तीका प्रहरी हवल्दार योगेन्द्र मल्ल आफूहरुले कसैसँग पनि महिनावारी रुपमा रकम नउठाएको बताउँछन् । ‘ट्राफिक चेकिङ बेलामा पदैल यात्रीलगायत अन्यलाई समस्या नहोस भनेर नै एकान्त ठाउँमा चेकिङ गरिन्छ ।

जहाँ भिडभाड हुन्छ, त्यहाँ सडक सचेतना कार्यक्रम सञ्चालन हुने गरेको छ’, प्रहरी हवल्दार योगेन्द्र मल्लले भने, ‘एकान्त र सुनसान ठाउमा चेकिङ्ग गर्दा सडकमा भीडभाड नहोस् ।जहाँ भीडभाड हुन्छ, त्यहा चेकिङ्ग गर्दा दुर्घटना हुने सम्भावना हुन्छ । कतिपय कुलतमा फसेका युवाहरु ट्राफिकलाई सडकमा देख्ने बित्तिकै अन्धाधुन्धरुपमा सवारी साधन फर्काएर भाग्छन् । कोही ट्राफिकको नजिक पुगेपछि स्पिडमा भाग्छन् ।

त्यसका लागि पनि एकान्त र सुनसान रोजिन्छ ।’ असुलीमा नेपाल प्रहरीको मिलोमतोबारे प्रहरी चौकी सत्तीका इन्चार्ज चंखबहादुर कठायत ट्राफिक चेकिङसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताउँछन् ।कठायतले प्रष्ट पारे, ‘ट्राफिक चेकिङ उनीहरुको काम र जिम्मेवारी हो ।

यस विषयमा मलाई केही पनि थाहा छैन ।
’ ग्रामीण क्षेत्रको अस्थायी ट्राफिक पोष्ट भए पनि ट्राफिक प्रहरी पोष्ट सत्तीले मासिक ३५-४० हजारको हाराहारीमा राजस्व संकलन गर्ने गरेको जनाएको छ ।

ट्राफिक सचेतनाभन्दा एकान्तमा असुली र राजस्व संकलनमा जुटेको देख्दा सवारी चालक प्रश्न गर्छन्, ‘ट्राफिक प्रहरी भनेको सवारी चालकलाई सुरक्षित यातायात सेवामा सहजीकरण गर्ने निकाय हो कि राजस्व संकलन गर्ने अड्डा हो ?

About admin

Check Also

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्नेहरुलाई घेरा हालेर छेक्यो प्रहरीले

काठमाडौं ३० साउन । बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट …

Leave a Reply

Your email address will not be published.