Monday , January 24 2022
Breaking News
Home / समाचार / भोलीदेखि तीनदिनसम्म सार्वजनिक विदा

भोलीदेखि तीनदिनसम्म सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहले महान पर्व छठको अवसरमा भोली मँगलबारदेखि तीनदिनसम्म सार्वजनिक विदाको घोषणा गरेको छ ।

विशेष गरी हिन्दुधर्मावलम्बीहरुको आस्था र निष्ठाको पर्व मानिने छठको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाले मात्र तीन दिनसम्मको सार्वजनिक विदाको घोषणा गरेको छ । समाजिक सँजाल सहित गृहमन्त्रालयसम्म तराई मधेशका नागरिकहरुले पाँचदिनसम्म

मनाइने छठ जस्तो निराहार पर्वमा कम्तीमा पनि तीनदिनसम्मको विदा हुनुपर्ने चर्को माग उठिरहेको बेला शहिदनगर नगरपालिकाले तीनदिने सार्वजनिक विदा दिएको हो । नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको सँयुक्त हस्ताक्षरित सूचनामा कार्तिक २३ गतेदेखि कार्तिक २५ गतेसम्म तीनदिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तराई मधेशमा विभिन्न विधि विधान सहित पाँचदिनसम्म छठ पर्व मनाउने गरिन्छ । सो क्रममा सोमबार नहाय खाय रहेको छ भने भोली मँगलबार खरना, पर्सी छठ पर्व र अन्तिमदिन पारण हुने गर्दछ । पाँचदिने छठको क्रममा खरना, छठ र पारण महत्वपूर्ण विधि मानिन्छ ।

यी तीनदिन व्रतालुहरु निराहार व्रत बस्ने गर्दछ । सोही कुरालाई मध्यनजर गर्दै नगर प्रमुख बरबरियाले व्रतालुहरुलाई विशेष ध्यान दिँदै तीनदिनसम्म शहिदनगरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । छठमा महिला सहित पुरुषहरु समेत व्रत बस्ने गरिन्छ ।

अर्ध दिनको लागि पुरुषहरु समेत पानीमा ध्यान लगाउने गरेकोले सार्वजनिक रुपमै विदा दिने निर्णय गरेको हो । नगरपालिकाले छठ जस्तो पर्वमा पहिलो पटक तीनदिनसम्म सार्वजनिक विदा दिएको भन्दै मेयर बरबरियालाई चौतर्फी प्रशँसा गरिएको छ । समाजिक सँजालमा मेयर बरबरियालाई आस्थालाई सम्मान गरेको भन्दै प्रशँसा गरेको हो ।

विभिन्न तवरबाट गृहमन्त्रालयमा तिन दिन कम्तीमा पनि विदा दिन पत्राचार, निवेदन दिइएको पाइएको छ । सोही क्रममै शहिदनगरले स्थानीय सरकारको हैसितले तीनदिने सार्वजनिक विदा दिएपछि उनको प्रशँसा गरिएको छ । उनले फेसबुकमा लेखेका छन्ः

सनातन हिन्दु धर्मको गौरवान्वित एवम् निष्ठाको महान पर्व छठको यस शुभ अवसरमा सम्पूर्णमा सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु । विशेष गरी तराई मधेशमा पाँच दिनसम्म मनाइने महान निष्ठा एवम् निराहार व्रत छठको अवसरमा व्रतालुहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गते तीनसम्म शहिदनगर नगरपालिकावासीलाई सार्वजनिक विदा हुने जानकारी गराउँदछु ।माता छठीले सबैको कल्याण गरुन् ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *