Monday , January 24 2022
Breaking News
Home / मनोरंजन / बाँ’दरलाई छोरा बनाएका टि’क ट’कमा भाइरल आमा छोरा, ख’प्पिस टि’क ट’क बनाउन(भिडियो हेर्नुस)

बाँ’दरलाई छोरा बनाएका टि’क ट’कमा भाइरल आमा छोरा, ख’प्पिस टि’क ट’क बनाउन(भिडियो हेर्नुस)

सामाजिक संजाल टिकटक अहिले धेरैको रोजाइमा पर्ने गर्दछ । त्यसमा आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेर चर्चा बटुल्नेहरु पनि थुप्रै छन अहिले । यस्तै चर्चामा रहेका छन एक आमा छोरा । सुनसरी जिल्लाको धरान घर भएका ती आमा छोरा टिकटकमा निकै भाइरल छन । साथै अहिले उनिहरुसगैँ अर्को एक बाँदर पनि थपिएको छ । जो उनिहरु जस्तै टिकटक बनाउनमा उत्तिकै खप्पिस छ । जोगिन्दर नाम राखिएको उक्त बाँदरको टिकटक पनि थुप्रैले मन पराएका छन ।

धरानकि भावना राई र बाबू पराजुली आमा छोरा हुन । उनिहरु बिगत ५ वर्ष देखि निरन्तर टिकटक बनाउदै आएका छ्न । साथै उनिहरु भाइरल पनि भएका छन । करिव ११ लाख फलोअर्स रहेका उनिहरुको भिडियो लाखौँले मन पराउने गरेका छन । पछिल्लो समय उनिहरुसगै अर्को पात्र थपिएको छ । बादँर जोगिन्दर, जो टिकटकमा अहिले उनिहरुको साथि बनेको छ । सुरुवाती दिनमा बाबू सानै हुदाँ आफू घरमा एक्लै हुदाँ दिन कटाउनका लागि टिकटक बनाउने गरेको भावना बताउँछिन ।

सुरुसुरुमा आफुले छोरासगँ बनाएको टिकटक आफैँ हेर्नको लागि मात्र भएको उनी बताउँछिन । तर बिस्तारै आफुले टिकटकमा लगाउन थाले पछि थुप्रैले मन पराउँन थाले पछि पनि दैनिक रुपमा बनाउँन थालेको भावना बताउँछिन । अहिले बाबू पनि ठुलो भै सकेका छ्न । अहिले भने टिकटक बनाउनका लागि बाबुले आफुलाई बर्गर, पिज्जा लगाएतका खाना दिनु पर्ने सर्त राख्ने गरेको भावना बताउँछिन । सानो हुदा बाबुको भिडियो बनाउदा धेरै बिग्रने गरेता पनि अहिले भने आफुले भन्दा राम्रो गर्ने गरेको भावना बताउँछिन ।

अहिले उनिहरुसगँ रहेको बाँदर जोगिन्दरलाई श्रीमानले अफिसमा भेटेर घर ल्याएको भावनाको भनाई छ । मान्छे जस्तै नै बादरले पनि ब्याबहार गर्ने गरेको भावना बताउँछिन । बादरमा पनि त्यो सबै कुरा बुझ्न सक्ने क्षमता हुने आफुले जोगिन्दर पाले पछि थाहा पाएको भावनाको भनाई छ । पछिल्लो समय उनिहरुको एक टिकटक भिडियो निकै भाइरल थियो, जहाँ बाबू, भावना र बादर तिनै जना काक्रा आखाँमा राखेर सुतेको । उक्त भिडियोको बारेमा भावना भन्छिन सिकाउँदा बादरले पनि मान्छेले जस्तै गर्ने रहेछ ।

अन्तरजातीय बिबाह गरेकी भावनाका श्रीमानले नै उनिहरुको भिडियो खिच्ने गर्दछन । करिव १० वर्ष अघि उनिहरुको प्रेम बिबाह भएको थियो । फेसबुक पनि त्यो बेला त्यति धेरै प्रयोगमा थिएन । तर mig33 बाट आफुहरुको भेट भएर त्यहिबाट प्रेम सम्बन्ध भै बिबाह भएको भावना बताउँछिन । करिव १ वर्ष प्रेम सम्बन्ध भए पछि आफुहरुको बिबाह भएको भावना बताउँछिन । सुरुवाती अवस्थामा अन्तर्जातिय बिबाहलाई श्रीमानको परिवारले न स्विकारे पनि अहिले भने राम्रो भएको उनको भनाई छ ।

भिडियो हेर्नुस:-

About admin

Check Also

के बलिउड कि यी चर्चित सुन्दरी नायिका संग कारण जोहरको बिहे हुदैछ ?

बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला फिल्मी दुनियाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा निकै सक्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *