Saturday , November 27 2021
Home / समाचार / धुँवा आयो भन्दा शुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो : ललितपुर घटनाका घाइतेको बयान

धुँवा आयो भन्दा शुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो : ललितपुर घटनाका घाइतेको बयान

ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’

उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्या’स सि’लि’ण्डर वि’ष्फो’ट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘उहाँहरु भान्छाको छेउमा हुनु हुँदो रहेछ, सि’लि’ण्डर वि’ष्फो’ट हुँदा पहिले चारजनालाई लागेको हुनसक्छ ।’ प्रहरीका अनुसार छोरा र छोरी आगो बल्दै गर्दा घरबाट हाम फालेको देखिएको छ, उनीहरु पनि घाइते छन् ।

‘केही चाहिँ हा’म फा’ल्न न’स’केको जस्तो पनि देखिन्छ’ बज्राचार्य भन्छिन् । दियोबाट आ’गो स’ल्कि’एको अनुमान घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा आ’ग’लागी तेस्रो तलाको दियोबाट सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

एसएसपी बज्राचार्य भन्छिन्, ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आ’गो स’ल्कि’एर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आ’गो सि’लि’ण्डरसम्म पुगेको अनुमान गरिएको छ । भान्छासँगै जोडिएको अर्को घरमा पनि वि’ष्फो’टबाट क्षति पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *