Sunday , November 28 2021
Home / समाचार / कन्नड अभिनेत्री रचिता रामले ‘सुहागरात’ का बारेमा यस्तो बयान दिएपछि हंगामा मच्चियो

कन्नड अभिनेत्री रचिता रामले ‘सुहागरात’ का बारेमा यस्तो बयान दिएपछि हंगामा मच्चियो

एजेन्सी । कन्नड फिल्म अभिनेत्री रचिता राम आफ्नो एक बयानका कारण यतिबेला विवादमा परेकी छिन् । रचिता छिट्टै चलचित्र ‘लभ यु रचु’ मा देखिदैछिन् । नायिकाले यो चलचित्रको प्रचारप्रसारलाई तिब्र रुपमा गरिरहेकी छिन् । यो फिल्ममा रचिताले बोल्ड सिन दिएकी छिन् ।

हालै फिल्मको प्रमोशनका लागि पत्रकार सम्मेलन गरिएको थियो, जसमा अभिनेत्रीलाई फिल्ममा उनको बोल्ड दृश्यका बारेमा सोधिएको थियो । यसै क्रममा रचिता रामले हनिमुनमा यस्तो बयान दिएपछि कन्नड फिल्म उद्योगमा खैलाबैला मच्चिएको छ । अहिले रचिता राम सबैसँग माफी माग्दै आएकी छन् । यति मात्र होइन, उनलाई प्रतिवन्ध लगाउने पनि चर्चा भएको छ ।

के भनिन् नायिकाले ?
पत्रकार सम्मेलनमा पत्रकारले रचिता रामलाई ‘हनिमुनमा के गर्नुभयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै अभिनेत्रीले फिल्मको स्क्रिप्टको माग भएकाले ती दृष्यहरू गरेको बताइन् ।

अभिनेत्रीले भनिन्, ‘यहाँ धेरैले विवाह गरेका छन् । मेरो मतलब कसैलाई लज्जित पार्ने होइन। म तिमीलाई सोध्छु बिहे पछि मान्छे के गर्छन श्र ती मानिसहरु आपसमा रोमान्स गर्छन्, हैन, त्यो फिल्ममा देखाइएको छ । मैले यी दृष्यहरू किन गरेँ भन्ने कारण फिल्म हेरेर थाहा पाउन सक्नुहुन्छ ।

कर्नाटक फिल्म चेम्बर अफ कमर्सले कन्नड फिल्म अभिनेत्रीको यो भनाइप्रति कडा आपत्ति जनाएको छ । यति मात्र होइन, रचित रामलाई प्रतिबन्ध लगाउने पनि भनिएको छ । यस चेम्बरका अध्यक्ष तेजस्वी नागलिङ्गास्वामीले रचित रामको भनाइप्रति असन्तुष्टि जनाएका छन् । उनले अभिनेत्रीको भनाइले राज्यको संस्कृति र राज्यको छविमा आँच पु¥याएको बताए ।

उनले अहिलेसम्म राज्यका सबै चर्चित तथा दिग्गज अभिनेत्रीले यस्तो विवादास्पद वक्तव्य नदिएको बताए । रचिता राम भर्खरै उद्योगमा प्रवेश गरेकी छिन् र उनलाई फिल्म उद्योगको इतिहास पनि धेरै थाहा छैन । उनले अ भ द्र बोलीले उद्योगको प्रतिष्ठामा आँच पु¥याउने प्रयास गरेका छन् ।

यति मात्र होइन, तेजस्वी नागलिङ्गास्वामीले रचित रामासँग माफी माग्नुपर्ने माग गरेका छन् । उनले आफ्नो भनाइप्रति अभिनेत्रीले माफी नमागेमा आफ्नो फिल्म कर्नाटकमा रिलिज हुन नदिने बताएका छन् । यसबाहेक उनी अभिनेत्रीविरुद्ध अदालत जाने र फिल्म उद्योगमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *