Saturday , May 28 2022
Breaking News
Home / अन्तरास्ट्रिय / पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट, अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का

काठमाडौं : पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ । आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

पोर्चुगलको घरेलु मैदानमा रेनेटो सान्चेसले सुरुआती गोल गरेपनी सर्बियाले खेलमा पुनरागमन गरेको हो । खेलको ३३औँ मिनेटमा डुसान टाडिकले गोल गरे भने खेलको ९०औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए ।

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ । पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ । पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो ।

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.