Tuesday , January 18 2022
Breaking News
Home / समाचार / भारतलाई विजुली बेचेर दुई हप्तामै नेपालले कमायो ६ करोड भन्दा बढी

भारतलाई विजुली बेचेर दुई हप्तामै नेपालले कमायो ६ करोड भन्दा बढी

काठमाडौ । कुनै बेला १८ घण्टा अन्धकारमा बस्नु परेको नेपालले अहिले भने विद्युत उत्पादन गरेर भारतलाई बेच्न समेत सफल भएको छ । नेपालमा उत्पादन भएको विजुली भारतलाई बेचेर एक सातामै नेपालले ६ करोड भन्दा बढी पैसा आर्जन गरेको छ । नेपालले हालै मात्र छिमेकी मुलुक भारतलाई विद्युत बेचेर अहिलेसम्म ६ करोड रुपैयाँ आम्दानी गरेको हो ।

विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। विद्युतमा हुने चुहावट, उत्पादनमा कमी र लापरवाहीका कारण नेपाली जनताले १८ घण्टा सम्मको लोडसेडिगं भोग्दै आएका थिए ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ। यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ। यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ। स्वदेशमा बढी भएको विद्युत् मात्र भारत पठाइरहेको विद्युत् प्राधिकरणको भनाइ छ।

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *