Saturday , November 27 2021
Home / समाचार / काठमाडौंको ग्राण्डी अस्पताल नजिकैबाट ५० बर्षिया महिला र २४ बर्षिय पुरुष पक्राउ

काठमाडौंको ग्राण्डी अस्पताल नजिकैबाट ५० बर्षिया महिला र २४ बर्षिय पुरुष पक्राउ

४ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया महिला सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय पुरुष अम्बिर राई रहेका छन्।

उनीहरुलाई काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सुन कछुवासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष

सुचनाको आधारमा खटिएकोसशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *