Saturday , July 2 2022
Breaking News
Home / Uncategorized / पुजा शर्माको भावुक अन्तरवार्ता : ‘जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो, मेरो जिवनको ४ वर्ष मेट्न चाहन्छु’ (भिडियो हेर्नुस्

पुजा शर्माको भावुक अन्तरवार्ता : ‘जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो, मेरो जिवनको ४ वर्ष मेट्न चाहन्छु’ (भिडियो हेर्नुस्

काठमाडौ । अभिनेत्री पुजा शर्मा बेला बेलामा विवादित हुन्छिन् । निकै खुलेर कुरा गर्न मन पराउने पुजा अब भने अब समय अनुसार आफुलाई परिवर्तन गर्न पर्ने रहेछ भन्ने जान्न थालेको बताउँछिन् । नायक नायक श्रेष्ठसंगको प्रेममा रहेको भनेर उनलाई विवादित पनि बनाइयो । तर आकास र पुजा दुवै जनाले प्रेमलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुले आफुहरु निकै मिल्ने साथी भएको बताउँदै आएका थिए ।

सँधै अन्तरवार्तामा निकै खुलेर हाँस्दै बोल्ने पुजा अहिले भने निकै भावुक भएकी छन् । उनले आफ्ना कारणले धेरै मानिस चर्चित भएपनि पछि आफुलाई वेवास्ता गर्ने गरेको गुनासो गरिन् । उनले यसो भन्दा कसैको नाम भने लिइनन् तर उनले आकासलाई नै भनेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । फिल्ममा पुजा भन्दा आकास पछि आएका हुन् । उनीहरुको नामकै कारणले आकास पनि चर्चित भए । तर पछिल्लो समय उनीहरुबीचको स म्ब न्ध टाढा भएको बताइने गरेको छ ।

उनले मायामा धो का पाएको पनि संकेत गरेकी छन् । उनले भनिन्, एउटा युवतीले सबै कुरा सहन सक्छ तर आफुले माया गरेको केटाले अरु कसैलाई पनि समय दिएको छ, अरुलाई पनि आफ्नो मनमा राखेको छ भन्ने थाहा पाएपछि त्यो सहन सक्दैन । मैले त्यस्तै अवस्था भोगेको छु । उनले ४ वर्ष सम्म कसैलाई धेरै महत्व दिएको र उसकै लागि आफ्ना परिवारका सदस्यलाई समेत वेवास्ता गर्ने गरेको बताइन् ।

तर अहिले म मेरो परिवारलाई सम्झन्छु, मैले मेरो अंकलहरुको कुरा कहिल्यै सुनिन् , उहाँले भन्नुभएको थियो एक दिन सबैले तँलाई विर्सन्छन् त्यती बेला हामीलाई सम्झन्छेस् भन्नु भएको थियो । तर अहिले मैले जसलाई धेरै साथ दिएँ उसकै कारण मेरो परिवार मिस गरेकी छु । मेरो आँशु आउन छोडेको छ, त्यसैले खुसी भएकी छु ।

About admin

Check Also

आखिर राष्ट्रिय टेलिभिजनमा नायिका स्वस्तिमा खड्काले किन बोलिन् अ”श्लील शब्द?? के हो वास्तविकता?? हेर्नुहोस भिडियो

टिभी च्यानल इमेज एचडीबाट प्रशारण हुने एक गायन (र्‍याप) रियालिटी शो (नेपहपको श्रीपेच) मा आफ्नो …

Leave a Reply

Your email address will not be published.