Wednesday , August 17 2022
Breaking News
Home / समाचार / भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा प्रहरीले गर्यो बरामद

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा प्रहरीले गर्यो बरामद

भन्सार छलेर नेपाल ल्याइँदै गरेकाे लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएकाे सशस्त्र प्रहरीकाे टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

तस्करहरूले खुला सीमाकाे फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेकाे अवस्थामा प्रहरीले कपडा बरामद गरेकाे हाे । टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।

उनका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् ।

बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए ।

About admin

Check Also

पत्नि मधुलाई लिएर दुबई उड्नु अघि राजेश हमालले खाए यस्तो वाचा कसम

काठमाडौँ । महानायक राजेश हमालले फिल्ममा बाबुको भूमिकामा अभिनय खेल्न अस्विकार गरेता पनि चिकित्सक बन्न …

Leave a Reply

Your email address will not be published.