Monday , July 4 2022
Breaking News
Home / धर्म सस्किर्ती / यही मङ्सिर १८ मा सूर्यग्रहण लाग्दै: यी ७ राशि हुनेहरुको लागि अत्यन्तै शुभ!

यही मङ्सिर १८ मा सूर्यग्रहण लाग्दै: यी ७ राशि हुनेहरुको लागि अत्यन्तै शुभ!

काठमाडौँ : सन् २०२१ को अन्तिम सूर्यग्रहण मङ्सिर १८ (४ डिसेम्बर २०२१) गते शनिबारको दिन लाग्दैछ। यो सूर्यग्रहण अन्टार्कटिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया र दक्षिण अमेरिकाबाट देखिनेछ। यो ग्रहण नेपालबाट देखिनेछैन, त्यसकारण यसको सूतक काल पनि मान्य हुनेछैन। ज्योतिषका अनुसार, नेपालबाट ग्रहण नदेखिएपनि यो ग्रहणले १२ वटै राशिहरुलाई प्रभाव पार्नेछ। ज्योतिषाचार्यका अनुसार कुन राशिका जातकको लागि यो ग्रहण शुभ रहनेछ र कसको लागि अशुभ….

सूर्य ग्रहणको समय : – ज्योतिषाचार्यका अनुसार चन्द्र ग्रहणपछि अन्तिम सूर्य ग्रहण ४ डिसेम्बर शनिबारको दिन लाग्नेछ। यस दिन मार्ग कृष्णपक्षको औंसी तिथि रहेको छः। सूर्य ग्रहण बिहान १०  बजेर ४४ मिनेटबाट सुरु हुनेछ, जुन दिउँसो २ बजेर ५२ मिनेटमा समाप्त हुनेछ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –मेष राशिको लागि यो ग्रहण शुभ छैन। ग्रहणपछि स्वास्थ्यमा खराबी आउन सक्छ। दुर्घटनामा पर्न सक्नुहुन्छ। यसकारण सचेत रहन आवश्यक छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –वृष राशिको लागि यो ग्रहण शुभ रहनेछ। राजनीतिक या सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। व्यापारमा उल्लेखनीय नाफा हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकको लागि यो ग्रहण शुभ छैन। साथीभाईसँग बिनाकारण वादविवाद हुन्छ। आफ्ना सन्तानको चिन्ताले पिरोल्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यो ग्रहणको कारण सिंह राशिका जातकलाई आकस्मिक धन लाभ हुनेछ। जग्गा-जमिनसँग सम्बन्धित समस्या समाधान हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्य ग्रहणको प्रभाव यस राशिको लागि शुभदायी छ। साहस एवं पराक्रम वृद्धि हुनेछ। मित्रजनहरुबाट भरपूर सहयोग पाउनुहुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका जातकलाई यो ग्रहणले अशुभ प्रभाव पार्नेछ। आफ्नो बोलीवचनलाई नियन्त्रणमा राख्नुहोला र वादविवादबाट टाढै रहनुहोला। स्वास्थ्यमा खराबी आउन सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सूर्य ग्रहणको कारण यस राशिका जातकको मन अशान्त रहनेछ। ग्रहणपछि पनि तपाईको स्थिति तनावग्रस्त हुनेछ। जसले गर्दा तपाईलाई कार्यक्षेत्रमा कठिनाई हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –.
धनु राशिको जातकको यो ग्रहण अवधिभर धेरै खर्च हुनेछ। र साथै ग्रहणपछि पनि खर्च बढ्न सक्छ। व्यर्थको भागदौड हुनेछ र विदेश यात्राको पनि योग छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 
सूर्य ग्रहणको प्रभाव शुभ रहनेछ। व्यापारमा उन्नति हुनेछ। जागिरेहरुका बढुवा हुने योग देखिन्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
 समाजमा मान-प्रतिष्ठासँगै धनलाभ हुनेछ। घर-जग्गासँग जोडिएको समस्या समाधान हुनेछ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 
सूर्य ग्रहणको प्रभाव अशुभ रहनेछ। आध्यात्मिक कार्यमा अरुचि बढ्नेछ। जागिरमा सरुवाको योग छ। पितासँग बिनाकारण झगडा हुन् सक्छ, यसकारण सावधान रहनुहोला।

About admin

Check Also

समुद्रशास्त्रअनुसार यी ६ गुण भएका युवती भाग्यमानी

हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको …

Leave a Reply

Your email address will not be published.