Sunday , May 29 2022
Breaking News
Home / अन्तरास्ट्रिय / करोडौंको सम्पत्ति छोडेर सामान्य व्यक्तिसँग बिहे गरेकी जापानकी राजकुमारी अमेरिकामा बाटो बिर्सिएर हराइन्

करोडौंको सम्पत्ति छोडेर सामान्य व्यक्तिसँग बिहे गरेकी जापानकी राजकुमारी अमेरिकामा बाटो बिर्सिएर हराइन्

काठमाडौं। जापानकी राजकुमारी माकोले राजकुमारीको भव्य जीवन र करोडौंको सम्पत्ति छोडेर सामान्य व्यक्तिसँग बिहे गरेकी थिइन् । माको अहिले आफ्ना पति केइ कोमुरोसँग जापान छोरेर अमेरिका गएर बसेकी छिन् ।

यही बीचमा न्यूयोर्क शहरको एक मलमा उनी शपिङ गरिरहेकी देखिइन् । माको कुनै सुरक्षा बिना सामान्य मानिसजस्तै किनमेल गरिरहेको देखिएको यो पहिलो पटक हो ।३० वर्षकी पूर्व राजकुमारी माकालाई न्यूयोर्क सहरमा शपिङ गरिरहेको अवस्थामा बेलायती अखबार डेलीमेलका फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरे ।

मलमा माकोले भान्छाका सामानसहित अन्य घरेलु उपयोगका सामान किनिरहेकी थिइन् । माकोले करिब डेढ घण्टा मलमा बिताइन् । यस क्रममा उनले नुहाउनको लागि टावेल, कोट ह्याङ्.गर, बास्केट र अन्य वस्तुहरु किनिन् ।शुक्रबार आउटिङका क्रममा माको एक्लै थिइन् ।

उनको साथमा कुनै सुरक्षाकर्मी देखिएनन् । उनी आफ्नो शपिङ कार्टको साथमा स्टोरमा घुम्दै किनमेल गरिरहेकी थिइन् । मास्क लगाएकी माकोले एउटा लामो हरियो कोट, नीलो जिन्स लगाएकी थिइन् । उनको लुक निकै साधारण थियो । डेलीमेलका अनुसार शपिङका लागि निस्किएकी माकोले बाटो समेत बिराइन् ।

उनले कैयौं मानिसहरुसँग बाटो सोध्नुपर्यो ।उनी ठूलो न्यूयोर्क सहरमा हराइरहेकी जस्ती देखिइन् । यस्तो लागिरहेको थियो कि उनलाई उनी कहाँ गइरहेकी थिइन् भन्ने थाहा थिएन । तर, साँझ ६ बजेतिरसम्म उनी आफ्नो अपार्टमेन्टमा फर्केर आइन् । माको र कोमुरोले गत महिना बिहे गरेका थिए ।

माको शाही खानदानकी हुन् भने कोमुरो सामान्य परिवारका हुन् । जापानको शाही नियमअनुसार सामान्य व्यक्तिसँग बिहे गरेपछि माकोले शाही दर्जा गुमाइसकेकी छिन् ।

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.