Sunday , November 28 2021
Home / समाचार / जब चितवनमा ओलीसंग भिड्न भिम रावल पुग्दा जे देखियो…

जब चितवनमा ओलीसंग भिड्न भिम रावल पुग्दा जे देखियो…

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् ।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।

त्यस्तै १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्। रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्। एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आएका हुन् ।

एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि हवाइयात्रामार्फत चितवन आएका छन् । जस कारण बिहीबार भरतपुर विमानस्थल दिनभरजसो व्यस्त बन्यो । बिहीबार बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा उडान भएको विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिए ।

शीर्ष नेताहरू हवाई यात्रामार्फत आएपछि विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । ‘हिजो अस्तिकै संख्यामा उडान भए पनि जहाज भरिएका थिए । शीर्ष नेताहरू पनि आएकाले उहाँहरूको स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको हो’, विकले भने ।

बिहीबार एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेता हवाइयात्रामार्फत चितवन आएका हुन् ।

एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुगेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आएका छन् । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *