Monday , December 6 2021
Home / समाचार / पृथ्वीमा आउँदैछ नयाँ महासंकट, नासाले तोकेरै दियो यस्तो चेतावनी

पृथ्वीमा आउँदैछ नयाँ महासंकट, नासाले तोकेरै दियो यस्तो चेतावनी

काठमाडौं । नासाले खतरनाक क्षुद्रग्रहहरूलाई पृथ्वीमा बज्रिन आउन नदिनेगरी अन्यत्र मोड्न कुनै दिन आवश्यक पर्न सक्ने प्रविधिको परीक्षण गर्न एउटा अन्तरिक्षयान प्रक्षेपण गर्ने तयारी गर्दैछ । नासाको डार्ट मिशनले पृथ्वीतिर आउन सक्ने खतरनाक ठूलो चट्टानको बाटो परिवर्तन गराउने विषयको परीक्षण गर्नेछ ।

डार्ट अन्तरिक्षयानलाई डाइमर्फस नामक च’ट्टानसँग ठो’क्का’एर त्यसको गति एवं मार्गलाई कति परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिनेछ । अन्तरिक्षबाट आएको केही सय मिटर लामो कुनै चट्टान पृथ्वीमा बजारिएमा ठूलो क्षेत्रमा विनाश हुन सक्छ । डाइमर्फसबाट पृथ्वीलाई कुनै जोखिम नभए पनि क्षुद्रग्रहको मार्ग परिवर्तन गर्ने पहिलो अध्ययनको विषय बनेको छ ।

नासाको ग्रह रक्षा संयोजन टोलीकी केली फास्टले भनिन्, ‘डार्टले डाइमर्फसको मार्गलाई एकदमै थोरै मात्र परिवर्तन गर्नेछ। अनि कुनै क्षुद्रग्रह पृथ्वीतिर आइरहेको समयमै थाहा भयो भने त्यति मात्रै मार्ग परिवर्तनले पनि जोखिम टार्न सकिन्छ ।’

बुधवार नेपाली समयानुसार मध्याह्न १२ः०५ मा क्यालिफोर्नियाबाट प्रक्षेपण गरिने एउटा फाल्कन ९ रकेटले डार्टलाई अन्तरिक्षमा पुर्‍याउनेछ । क्षुद्रग्रहहरू सौर्यप्रणाली निर्माणका बेला बाँकी रहेका चट्टानहरू हुन्। तीमध्ये अधिकांश पृथ्वीका लागि खतरा होइनन् । तर कुनै बेला सूर्यको परिक्रमा गर्दा ती चट्टान र पृथ्वीको बाटो एउटै पर्दा क्षुद्रग्रहहरू पृथ्वीसँग ठो’कि’न सक्छन् ।

साढे ३२ करोड अमेरिकी डलर खर्च हुने डार्ट मिशनले बाइनरी भनिने एकअर्कालाई परिक्रमा गर्ने दुईवटा क्षुद्रग्रहलाई लक्ष्य बनाएको छ । ठूलो डिडिमस ७८० मिटरको छ भने डाइमर्फस १६० मिटर चौडा छ । डाइमर्फसको आकारको चट्टान पृथ्वीमा ठोक्किएर विस्फोट भएमा परमाणुबम विस्फोट हुँदाभन्दा धेरै ऊर्जा निस्किन्छ अनि कुनै बस्ती भएको क्षेत्रमा लाखौँ मानिसको ज्यान लिन सक्छ । तीन सय मिटरभन्दा ठूलो क्षुद्रग्रह ठो’क्किँ’दा एउटा महादेशभरि र एक किलोमिटरभन्दा बढीको क्षुद्रग्रह ठो’क्कि’ए विश्वभरि असर गर्छ ।

डार्टले अन्तरिक्षमा सूर्यलाई परिक्रमा गर्न थाल्नेछ र सन् २०२२ को सेप्टेम्बरमा यो डाइमर्फससँग ठोक्किनेछ । त्यतिबेला डाइमर्फस पृथ्वीबाट ६७ लाख माइल टाढा हुनेछ । डाइमर्फससँग ठो”क्किँदा डार्टको गति ६.६ किलोमिटर प्रतिसेकन्ड हुनेछ । त्यसबाट उक्त खगोलीय पिण्डको गति एक मिलिमिटर प्रतिसेकन्डको पनि एउटा सानो अंशले परिवर्तन हुनेछ । अत्यन्तै कम परिवर्तन भए पनि त्यो पृथ्वीसँग ठोक्किने मार्गमा भएको क्षुद्रग्रहलाई न’ठो’क्कि’ने बनाउन यथेष्ट हुनेछ ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *