Wednesday , May 18 2022
Breaking News
Home / समाचार / सा’वधान ! बैकको पैसा यसरी डुब्ला : म्यानेजरले मिटरब्याजमा लगाउने गरेको खुलासा

सा’वधान ! बैकको पैसा यसरी डुब्ला : म्यानेजरले मिटरब्याजमा लगाउने गरेको खुलासा

काठमाडौ । बैकहरुका अनेकौँ हर्कत बाहिर आइनै रहेका छन् ।ग्राहकले थाहै नपाई रकम चोर्नेदेखि, सर्वसाधारणको रकम अपचलन गर्नेसम्मका घटना बाहिर आएका हुन् ।

भर्खरै मात्र बचतकर्ताले जम्मा गरेको रक’म बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलासा भएको छ । उक्त कार्यमा सम्लग्न पाँच जना प’क्राउ परेका छन् ।

सिन्धुविकास बैंक, दोलालघाट शाखाका नि’मित्त म्यानेजर सुमन खरेल र कर्मचारी रामकृष्ण श्रेष्ठले बैंकमा जम्मा गरेको रकम मिटरब्याजमा लगाएको खुलेपछि प्रहरी’को केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिं’हका अनुसार बैंकका दुई कर्मचारीसँगै रकम लिने व्यवसायी विमल खत्री, वीरेन्द्र खत्री र निरञ्जन श्रेष्ठ पनि पक्रा’उ परेका छन् ।

‘पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर बैं’किङ कसूरमा अनुसन्धान गरिरहेका छौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसा’र खरेल र श्रेष्ठले उनीहरुलाई दुई करोड ४७ लाख ९० हजार ८५५ रुपैयाँ ऋण दिएको पाइएको छ ।तर रकम दिएको बैंकको अभिलेखमा उल्लेख थिएन । अनुसन्धान अधिकृतहरुले मिटरब्याजमा रकम दिएको हुनसक्ने आशंका गरेका छन् । यसमा थप अ/नुसन्धान जारी छ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.