काठमाडौ । चर्चित अभिनेत्री रेखा थापा पनि अब राजनीतिमा महत्वपुर्ण पदमा पुग्ने योजनामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सहभागी हुने गरेकी थापा अब महामन्त्री बन्ने योजनामा छन् ।
थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । विहिवार त्यसवारे औपचारीक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
उनीनिकट एक नेताले दिएको जानकारी अनुसार थापाले महामन्त्रीका लागि तयारी गरेको र विहिवार विहान त्यसवारे औपचारीक जानकारी सार्वजनिक गर्नेछिन् ।
राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ। लिङ्देन प्यानलबाट धवल शमशेर जबराले महामन्त्रीमा आफ्नो उम्मेदावरी घोषणा गरिसकेका छन् । थापाले पनि आफु छलफलमा रहेको बताएकी छन् ।