Monday , June 27 2022
Breaking News
Home / समाचार / शुक्रवार सार्वजनिक बिदा दिने निर्णय

शुक्रवार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौ । बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि(धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिएका छन् ।हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा लाग्ने मेलाई बृहत् बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन ।मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालको सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.