Sunday , May 22 2022
Breaking News
Home / समाचार / सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले कसिन लगन गाँठो

सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले कसिन लगन गाँठो

बुटवल – लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् ।

तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो ।

पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् । पाल्पाका प्रभात अधिकारीसँग उनको आइतबार विवाह भएको हो । प्रियालाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायत बुटवल पुगेका थिए ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.