Saturday , May 28 2022
Breaking News
Home / रोचक / के शिलाजितले ‘यौ’न’ क्षमता बढाउँछ ?

के शिलाजितले ‘यौ’न’ क्षमता बढाउँछ ?

मानिसहरु विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ ।त्यसैगरी जब यो आयुर्वेदिक विधिको माध्यमबाट यौ न स्वास्थ्यमा सुधार गर्ने कुरा आउँछ, त्यसमा सबैभन्दा अघि आउँछ शिलाजित र अश्वगन्धा ।

धेरै मानिसहरु शिलाजित र अश्वगन्धालाई यौ न स्वास्थ्यमा सुधार गर्न सहयोगीको रुपमा मान्छन् । जबकि यो यौ न स्वास्थ्यको लागि मात्रै नभएर समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । कतिपयले शिलाजितलाई यौ न स्वास्थ्यसँग जोडेर हेर्ने गर्छन् । शिलाजित शताब्दीयौंदेखि मानव स्वास्थ्य सुधारका लागि प्रयोग गरेको पाइन्छ ।

शिलाजित के हो? संस्कृतमा शिलाजित शब्दको अर्थ पर्वतको मणि भन्ने हुन्छ ।शिलाजित पत्थरबाट उत्पन्न भएको खनिज पदार्थ हो । घाम लागेर भएको प्रचण्ड गर्मीका कारण पहाडको धातुकाे भाग पग्लिएर पहाडबाट बाहिर निस्किएको पदार्थ नै शिलाजित हो ।त्यो तरल शिलाजित सुकेपछि चम्किलो ढुंगा जस्तै देखिन्छ । यही पदार्थ मान्छेको प्रजनन क्षमता बढाउन उपयोगी मानिन्छ ।

शिलाजितका अन्य कामहरु:

दिमागी कार्यको बढावा
शिलाजितमा पाइने कैयौं पदार्थले दिमागको प्रणाली सुधारको लागि सहयोग गर्ने गर्छ । कतिपयले यसलाई अल्जाइमर थेरापीमा पनि सहायक रहेको मान्छन् ।इन्टरनेशनल जर्नल अफ अल्जाइमर डिजिजको एक अध्ययनमा भनिएको छ कि शिलाजितको उपयोग उमेर बढ्ने प्रक्रियालाई कम गर्नको लागि प्रयोग गरिन्छ ।फुल्विक एसिड शिलाजितको प्रमुख यौगिक हो, जसले रगत शुद्ध गर्न सहयोग गर्छ ।

कलेजोको क्यान्सर रोक्न
शिलाजितको उपभोगले क्यान्सर कोषसँग ल ड्न पनि मद्दत गर्छ । एक अनुसन्धानले पत्ता लगाए अनुसार शिलाजितले कलेजोको क्यान्सरमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।शिलाजितले क्यान्सर कोषिकाहरुको वृद्धि रोक्छ र उनीहरुलाई नष्ट पनि गर्छ । अनुसन्धानकर्ताहरुले शिलाजितमा क्यान्सर प्रतिरोधी पदार्थ भेटिन्छ भन्ने मान्यता राखेको पाइन्छ ।

मोटोपना कम
अतिरिक्त तौलका कारण मानिसको शरीरमा रहेका मांसपेशीहरु थकित हुन्छन् । जसले हड्डीहरुमा समेत समस्या सिर्जना गर्न सक्छन् । जर्नल अफ मेडिसिनल फूडले गरेको एक अध्ययन अनुसार मोटोपना भएका मान्छेलाई एउटा शुद्ध शिलाजितको साथमा खानेकुरा दिइयो । जसले उनीहरुलाई अध्यासको क्रममा धेरै तागत आयो । यसरी शिलाजितको प्रयोगले शरीरको तौल कम गराउन मद्दत गर्छ ।

थकान कम
एथ्नोग्राफी जर्नलमा प्रकाशित २०१२ को एक अध्ययनअनुसार शिलाजितको प्रयोगले थकान जस्ता मानसिक कमजोरीको अवस्था कम गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने पुष्टि भएको थियो ।अध्ययनबाट यो पनि पुष्टि भएको छ कि शिलाजितको उपभोगले शरीरमा हुने विभिन्न कोषिकाले राम्रो काम गर्न मद्दत गर्छ । यसले तपाईंको शरीरमा ऊर्जा बढाउँछ र थकान कम गर्छ ।

तर, सावधानी अपनाउनुहोस्

– शिलाजित स्वास्थ्यका लागि एकदमै लाभदायक हो । तर, यसको उचित प्रयोग गर्न सके मात्र प्रभावकारी काम गर्छ । शिलाजित सेवन गर्दा निकै सावधानी पनि अपनाउनु पर्छ ।

– शिलाजित सेवन गरेको समयमा जलन हुने खालको भोजन गर्नु हुँदैन । साथै धेरै खानेकुरा समेत खानु हुँदैन । – शिलाजित त्यस व्यक्तिले गर्नु हुँदैन, जसको यूरिक ए सिड बढेको छ ।

– शिलाजित धेरै सेवन गर्नु हानीकारक हुन्छ । यसले एलर्जी हुन्छ । – गर्भावस्थामा शिलाजित सेवन गर्नु हुँदैन ।

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.