Wednesday , June 29 2022
Breaking News
Home / समाचार / ज्याकलिनको यो एक चुम्मन, जसले उनलाई प्रहरी हिरासतमा पुर्‍यायो

ज्याकलिनको यो एक चुम्मन, जसले उनलाई प्रहरी हिरासतमा पुर्‍यायो

काठमाडौ । कहिले काँही आफु गलत नभएपनि गलत मानिसको संगत गरेकै कारण पनि समस्यामा परिन्छ । यस्तै भएको छ बलिउड नायीका ज्याकलिन फर्नान्डेजलाई । उनले महाठगको उपमा पाएका सुकेश चन्द्रशेखरको संगत गरिन् । सुकेशवाट निकै महंगा उपहार पनि लिइन् ।

सुकेशसंग नजिक भएको देखिएपछि ज्याकलिनलाई आइतबार भारतको प्रवर्तन निर्देशालयले मुम्बई विमानस्थलबाट लियन्त्रणमा लिएको थियो। अहिले उनी रिहा भए पनि चन्द्रशेखरसँग नजिक भएकै कारण उनी यो विवादमा तानिएका हुन्।

प्रवर्तन विभागले सुकेशविरुद्ध दुई सय करोड ुमनी लन्ड्रिङुविरुद्ध मुद्दा दायर गरेको छ। जसमा सुकेशले ज्याकलिनलाई महँगा महँगा गिफ्ट दिइएको बताइएको छ। प्रवर्तन निर्देशालयका अधिकारीका अनुसार ५२ लाखको घोडा, ९ लाख बराबरको बिरालो र गरगहना ज्याकलिनलाई गिफ्ट दिइएको पाइएको छ।

यहाँसम्म कि सुकेशले ज्याकलिनलाई चेन्नई आउनका लागि प्राइवेट जेटको व्यवस्थासमेत गरिदिएको बताइएको छ। स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन र सुकेशबीच चेन्नईमा मात्र चार पटक भेटघाट भएको थियो। सुकेश र ज्याकलिनको चुम्बन गरिएको तस्बिर केही समयअघि सार्वजनिक भएको थियो। उक्त तस्बिरका कारण पनि ज्याकलिन विवादमा तानिन थालेकी हुन्।

को हुन् सुकेश चन्द्रशेखर ?
सुकेश चन्द्रशेखर कर्नाटकमा जन्मिएका हुन्। उनले १७ वर्षकै उमेरदेखि अरुलाई ठग्न सुरु गरेको बताइन्छ। उनले ठगीलाई नै आफ्नो पेसा बनाएका थिए। पछि उनी कर्नाटकबाट चेन्नई आएका थिए। त्यहाँ उनले ठूलाबडा ब्यापारीहरुलाई ठगीरअसुली गर्थे। आफूलाई राजनेताको नातेदार भनेर उनले सर्वसाधारणसँग पनि पैसा उठाउने गरेको भारतीय प्रहरीको भनाइ छ। उनले सर्वसाधारणबाट मात्र ७४ करोड ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.