Monday , June 27 2022
Breaking News
Home / समाचार / काठमाडौं आउँदै गरेको बसबाट दुईजना डरलाग्दा ब्यक्तीहरु पक्राउ

काठमाडौं आउँदै गरेको बसबाट दुईजना डरलाग्दा ब्यक्तीहरु पक्राउ

२५ मंसिर, काठमाडौं । प्रहरीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटे बाट ५२ बर्षीय नारायण खड्का र हेटौंडा ११ शहीद स्मारक गेटबाट ३५ बर्षीय अर्जुन अधिकारीलाई पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्गको रातोमाटेमा वीरगञ्जबाट काठमाडौं जान लागेको ना ५ ख ४८०२ नम्रको बस चेकजाँचको क्रममा चितवन नगरपालिका–२ टाँडीका खड्कालाई ५ ग्राम २८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्मारकमा घुम्न आएका चितवन राप्ति नगरपालिका- ७ का अधिकारीलाई १ ग्राम २ सय मिलिग्राम लागु औषध खैरो हिरोइन सहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ ।

सो क्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ ।

यसैगरी, जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.