काठमाण्डौ। महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ
पछिल्लो तथ्य अनुसार काठमाडौ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ।
यो पनि पढ्नुहोस
अमेरिकामा आँधी, १०० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका
काठमाडौं : अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म १०० भन्दा धेरैको ज्या’न गएको आशंका व्यक्त गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भी’षण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार म’र्नेको संख्या २ सय सम्म पुग्न सक्छ ।
अमेरिकाको कयौं प्रान्तमा लगातार आँ’धी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।
प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस त’हस-न’हस गरिदिएको छ । अहिले सम्म छत ख’स्दा कति जनालाई चो’ट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आ’पातका’लीन सेवा दिने संस्थाले जनाएको छ ।