Saturday , May 28 2022
Breaking News
Home / समाचार / कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४३९० मत गन्दा उनले २८२३ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ३ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा १००० बढी मत पाइसकेका छन् ।

थापाले २८२३ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १४५५ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन ।

को हुन् गगन थापा ?

गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्। थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो ।

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउनुभयो।

संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहा विद्यार्थी सङ्गठनमा लाग्नुभयो। नेविसंघको सदस्य हुनुभयो। २०५१ सालमा उन त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गर्नभयो। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सं’लग्न’ता बढ्यो। उन उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो।

जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्‍यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहा ८, १० पटक जे’ल पर्नुभयो। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो।

माघ १९ पछि पनि गगनलाई रा’जद्रो’हको मुद्दाले छाडेन। उन पक्राउ पर्दै छुट्दै गर्नुभयो। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो। हुँदा हुँदै उन लोकतन्त्र कै नायक बन्न सफल हुनुभयो। नेपालि काँग्रेस को १३ औ महाधिवेशन मा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गर्नु भएका थापा लाइ नेपालि कांग्रेस को भावी सभापति को रूपमा पनि हेरिन्छ ।

१३ औ महाधिवेशन मा महामन्त्री पराजित भएका थापा १४ औ महाधिवेशनमा भरि मतका साथ बिजयी भएका हुन् । थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका नेता तथा कार्यकर्तालाई अनशन बस्नुपर्ने स्थिति आउन नदिने बताए ।

थापाले पार्टीका आन्तरिक समस्यालाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताए । थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउन नौजवानको आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्याैँ भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खासगरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईं–हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो, तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।’

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.