Saturday , May 28 2022
Breaking News
Home / समाचार / कैलालीमा फेरी घट्यो अपत्यारिलो घटना, पुरै गाउँनै त्रासमा

कैलालीमा फेरी घट्यो अपत्यारिलो घटना, पुरै गाउँनै त्रासमा

धनगढी। कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँ’टी रे’टे’र ह’त्या ग’रि’एको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन्। जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा यस्तो अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन्।

यस्तो घटना कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ।

यो पनि, शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको छ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकका अनुसार भारतका विभिन्न स्थानबाट आठ जना साइकल यात्रीको सहभागिता रहेको छ ।

शनिबार धनगढीबाट शुरु भएको साइकल यात्रा पुुस ५ गते डोटीको बुडरमा पुगेर सम्पन्न हुनेछ । पहिलो चरण अन्तरगत शनिबार धनगढी–गोदावरी र दोस्रो चरण अन्तर्गत गोदावरीदेखि बुडरसम्म साइकल यात्रा सञ्चालन हुनेछ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.