Wednesday , June 29 2022
Breaking News
Home / समाचार / काठमाडौँको लाजिम्पाटबाट पुर्वमन्त्रीकी छोरी पक्राउ, यस्तो छ कारण

काठमाडौँको लाजिम्पाटबाट पुर्वमन्त्रीकी छोरी पक्राउ, यस्तो छ कारण

काठमाडौ । स्वर्गिय डिल्लीरमण रेग्मीको सम्पत्तीको विषयमा सरकारसंग कानुनी लडाइमा रहेकी छोरी अवन्तिका रेग्मी पक्राउ परेकी छन् । उनलाई प्रहरीले करिब ४ घण्टा थुनामा राखेर छोडेको छ ।
चार घण्टा उनलाई थुनामा राखी प्रहरीवृत्त दरबारमार्गले रेग्मीलाई शनिवार दिउसो ४ बजे रिहाई गरेको अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिएका छन् । लुईंटेल रेग्मीको कानुनी सहयोगी पनि हुन् ।

स्वर्गीय रेग्मीले स्थापना गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको विषयमा उनकी छोरी अवन्तिका र सरकारबीच मु द्दा चालु छ । अवन्तिकाले आफ्नो बुवाको सम्पत्ती पुस्तकालयले कब्जामा लिएको दावी गरेकी छन् । पुस्तकालयको निर्देशनमा छोरी रेग्मीलाई आफ्नै घरबाट पक्राउ गरी दरवारमार्गस्थित प्रहरी वृत्तमा राखिएको लुइटेलले जानकारी दिए ।

स्वर्गीय रेग्मीको जन्मोत्सवको अवसरमा पुस्तकालयले एक औपचारीक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पुगेर अवन्तिकाले हो हल्ला गरेको भन्दै पुस्तकालयले उजुरी दिएको थियो । पुस्तकालयको निर्देशनमा उनलाई पक्राउ गरिएको हो । नातिनीलाई छोरीको रुपमा ग्रहण गरेका स्वर्गीय रेग्मीले आफ्नो सम्पत्ति समेत शेषपछिको बकसपत्र गरिदिएका थिए । सरकार र उनीबीचको मु द्दा अदालतमा चलिरहेको छ ।

उनले कार्यक्रममा उपस्थित भएका प्रमूख अतिथि शिक्षा प्रविधि तथा विज्ञान मन्त्री देवेन्द्र पौडेलविरुद्ध नाराबाजी गरेकी थिइन् । अनाहकमा चारघण्टा प्रहरी वृत्तमा राखिएको विरुद्धमा कानुनी कारबाही गर्ने पनि रेग्मीले बताइन् ।

पुस्तकालयले आफ्नो स्वर्गीय पिताको अपमान गरेको, असफल राजनीतिज्ञ भनी स्वर्र्गीय डा। रेग्मीविरुद्ध कुप्रचार गरेको भन्दै सम्पत्तिका लागि भूमाफियाहरुले आफूलाई दुःख दिएको पनि रेग्मीको आरोप छ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.