Wednesday , May 18 2022
Breaking News
Home / समाचार / वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमो दक्षिणकालीमा चेक जाच गर्दा समातिए अर्जुन

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमो दक्षिणकालीमा चेक जाच गर्दा समातिए अर्जुन

काठमाडौँ, ४ पुस -काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज

महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा

लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ ।

उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । (रासस)

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.