Wednesday , June 29 2022
Breaking News
Home / समाचार / आज नेपाल बन्द ! विशाल आन्दोलन गर्ने घोषणा

आज नेपाल बन्द ! विशाल आन्दोलन गर्ने घोषणा

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही पुस ६ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।

आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट ।

जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’संयुक्त प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :
एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ ।

गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.