Saturday , May 28 2022
Breaking News
Home / समाचार / तत्काल ‘लकडाउन’ नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

तत्काल ‘लकडाउन’ नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ ।

नेपालमा हालसम्म ओमिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, ओमिक्रोन भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग गराइरहेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिन सरकारले संक्रमण बढी फैलिएका नौ देशबाट नेपाल आउन रोक लगाइसकेको छ ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ ।ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमतिमा रोक लगाइएको छ

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.