काठमाडौं-पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् । अेमरिका गएको ४ महिनामै उनी नेपाल फर्किएकी हुन् । कलेजमा क्रिसमसको छुट्टी भएपनि उनी नेपाल आएकी हुन् । हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचन गएकी उनले कलेज बिदा भएकाले हजुरबुबाको पुस्तक सार्वजनिक हुँदा आफु उपस्थित हुन पाएको उनले बताइन् ।पुस्तक विमोचन कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् ।
‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’ उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’
हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको समेत उनले बताइन् ।अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।