Saturday , May 28 2022
Breaking News
Home / समाचार / ओमिक्रोन संक्रमित बढेपछि भोलि रातिबाट कर्फ्यु

ओमिक्रोन संक्रमित बढेपछि भोलि रातिबाट कर्फ्यु

काठमाडौं- ओमिक्रोन संक्रमितको संख्या बढिरहँदा भारतको उत्तर प्रदेशमा रात्रिकालिन कर्फ्युको आदेश जारी गरिएको छ। कर्फ्यु भोलिबाट लागू गरिने छ।

राति ११ बजेदेखि विहान ५ बजेसम्म लागू रहने जनाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। उत्तर प्रदेश सरकारका निर्देशकका अनुसार २ सय भन्दा धेरै मानिसले विवाह समारोहमा भाग लिन नपाउने भएका हुन्।

त्यस्तै बजारमा ‘मास्क छैन त सामान छैन’ अभियानलाई अघि बढाइने जनाइएको छ। अन्य कुनै पनि राज्यबाट उत्तर प्रदेश आउनेको सीमामा कोरोना जाँच गर्ने तथा रेलवे र विमानस्थलमा उच्च शतर्कता अपनाइने जनाइएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ओमिक्रोनका ३५८ संक्रमित फेला परेका छन् ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.