Wednesday , June 29 2022
Breaking News
Home / समाचार / मिति तोकियो ! विद्यालय अनिश्चितकालको लागि बन्द :

मिति तोकियो ! विद्यालय अनिश्चितकालको लागि बन्द :

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।आज (बिहीबार) दिल्लीका वातावरण मन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

सहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उद्धृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबिच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिन लागिएको हो ।
बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो ।

पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।एजेन्सी

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणका कारण सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।आज (बिहीबार) दिल्लीका वातावरण मन्त्री गोपाल रायले सहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.