भरुवा ब’न्दु’क स’हि’त प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ सहित २ जना रहेका छन् ।
निजहरुलाई पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा ब’न्दु’क सहित बिहिबार दिउँसो पक्राउ गरेको छ ।
तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकलमा सवार निजहरुमाथि चेक पाँच गर्ने क्रममा उक्त ब’न्दु’क बरामत भएको हो ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । फोटो फाईल