Wednesday , May 18 2022
Breaking News
Home / समाचार / नेपालकै यी ठाउँमा विद्यालय बन्द गर्ने निर्णय हेर्नुहोस तपाइको बिद्यालय पर्यो कि नाई

नेपालकै यी ठाउँमा विद्यालय बन्द गर्ने निर्णय हेर्नुहोस तपाइको बिद्यालय पर्यो कि नाई

वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए । बुटवलमा सामुदायिक ३८ र संस्थागत(निजी) ५८ विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

त्यस्तै, बालबालिकाले निर्वाध रुपमा पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र सङ्गठनबाटै पटकपटक त्यसको उल्लङ्घन हुने गरेको छ ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्धी हक, बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ ९८० शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको व्यवस्था गरिएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका–२०६८ ले विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्ने व्यवस्था गरेको छ । विसं २०६३ मङ्सिर ५ को विस्तृत शान्ति सम्झौतापछि नेपाल सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरेको थियो ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ ९२० ९छ० अनुसार विद्यालयमा हुने त्यस्ता गतिविधि बालबालिकाविरुद्धको कसुर हो । यो कसुरका लािग रु ७५ हजारसम्म जरिवाना र तीन वर्ष कैद हुनसक्ने प्रावधान छ । यस्तो काम नैतिक पतन हुने फौजदारी कसुर मानिएको छ ।

उक्त ऐनमा “कसैले सशस्त्र द्वन्द्व वा जस्तोसुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन”, भन्ने उल्लेख छ भने ऐनको दफा ७२ मा कारबाहीको व्यवस्था गरिएको छ ।

गत निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपाली कांगे्रससहित अन्य दलले पनि घोषणापत्रमा कल्याणकारी राज्यअन्तर्गत शिक्षा क्षेत्रलाई सवल बनाउने उल्लेख गरेको थियो । उक्त संवैधानिक व्यवस्था र प्रतिबद्धताविपरीत पछिल्ला समयमा विद्यालयमा पठनपाठन अवरोध हुने गरी राजनीतिक गतिविधि भएको पाइएको छ

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.