Monday , June 27 2022
Breaking News
Home / अन्तरास्ट्रिय / यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

काठमाडौँ । के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन्।

माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।

अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना कार तथा ट्रकहरु ठडिएका छन् । ती गाडीहरु जमीनमा केही मात्रामा गाडेर उभ्याइएका हुन् । टाढाबाट हेर्दा जमीनबाट गाडीहरु उमि्रएजस्तो लाग्दछ। रंगीविरंगी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ । एजेन्सीको सहयोगमा

यो पनि, काठमाडौं । एउटा राम्रो घर र आफ्नो गन्तब्यमा पुग्न कार किन्ने सबैले सोच र रहर बनाएका हुन्छन् । रहर र सोचले मात्र सवारी साधन, त्यसमा पनी कार किन्न सकिन्छ भन्ने हुँदैन । त्यसैले सक्नेले कार किन्छन् भने नसक्नेले बाइक तथा स्कुटर भनेपनि प्रयोग गर्छन् ।

कति मानिसहरु आफ्नो आम्दानीको हिसाव गर्न नजान्दा कुन सवारी साधन किन्ने भन्ने बिषयमा अलमलमा परेका हुन्छन् । अव तपाई पनि कार किन्दै हुनुहुन्छ भने यस्तो कुरामा आम्दानीको हिसाव गर्नुहोस् र कार खरिद गर्नुहोस् ।

तपाईंले कार खरिद गर्दा आफ्नो कमाइको कति खर्च गर्नुपर्छ भन्ने कुरा बुझनु पर्छ । कारमा आफ्नो कुल वार्षिक आयको १० देखि ३५ प्रतिशत भन्दा बढी खर्च गर्नु हुँदैन । कार किन्ने सोच बनाउँदै हुनुहुन्छ भने, सवैभन्दा पहिला आफ्नो व्यक्तिगत कमाईको आँकलन गर्नु पर्छ । त्यसपछि तपाईं कति खर्चगर्न सक्नुहुन्छ भन्ने कुरा थाहाहुन्छ ।

तपाईंको कार किन्न सक्ने क्षमता क्यालकुलेटरमा हिसाव गरेर निकाल्नुस् त्यसको लागि थु्रपै किसिमका क्यालकुलेटर पाउन सकिन्छ । आफ्नो क्षताको आँकलन पछि कुन, कस्तो र कति मूल्यको कार तपाईले खरिदगर्न सक्नुहुन्छ त्यो पत्ता लाग्नेछ ।

यदि तपाई यी दुवै विषय एकैसाथ गर्नुहुन्छ भने, तपाईंले नयाँ बजेटको वित्तीय अवस्थाको ख्याल गरेर हजारौं रुपैयाँ बचत गर्नुहुनेछ । जसलेगर्दा कार किन्नको लागि नगद जम्मा हुन्छ । तपाईसँग नगद जम्मा छ भने बैंकलेसमेत सजिलै ऋण पत्याउने छ ।

अब तपाईंको अधिकतम भुक्तानी पत्ता लगाउन बैंकको इएमआई क्यालकुलेटरको प्रयोग गनुहोस् । त्यसपछि तपाईंको क्रेडिटको अबस्था कस्तो छ, नयाँ कारको लागि पैसा कति छुट्यानु भएको छ, यी सबै कुरामा विचार पुर्याउनुस् ।

तपाईंले गर्ने भुक्तानी, तपाईको व्यापार र सवारी कर्जा, ब्याज दरहरू र सर्तहरू कसरी तपाईले खर्च गर्ने र त्यसले आफ्नो अन्य कामलाई कसरी असर गर्छ हेरेर निर्णय गर्नुस् । यति कुरा बिचार गरिसकेपछि तपाईले आफ्नो कमाइ र आवस्यकता अनुरुपको मूल्य भएको कार किन्न सक्नु हुने छ ।

About admin

Check Also

एकाएक आकासमा देखियो अनौठो रातो प्रकाश, सबै चकित

वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी …

Leave a Reply

Your email address will not be published.