पुस १८ गते । पछिल्लो एक महिनामा सबैभन्दा बढी को-रोना संक्रमित आज थपिए {हेर्नुहाेस् विवरण सहित} ।
पछिल्लो २४ घण्टामा ३८२ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
को- रोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।
शुक्रबार जम्मा २३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७,८८५ पीसीआर परीक्षणमा २२४ जना मात्र संक्रमित भेटिएका थिए । जबकी शनिबार पाँच हजार सात जनाकै परीक्षणमा ३४२ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को- रोना संक्रमणका कारण कसैको पनि मृ- त्यु भएको छैन । पछिल्लो २४ घण्टामा को- रोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिएका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।