Saturday , May 28 2022
Breaking News
Home / समाचार / माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ।भर्खरै आयो दुखद खबर

माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ।भर्खरै आयो दुखद खबर

मन्त्रालयका अधिकारीहरु तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ

हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । ‘अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको छ, ’मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रालयले यस बिषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको छ ।’

उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो ।मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.