Sunday , May 22 2022
Breaking News
Home / समाचार / वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस नागढुङ्गाबाट चेकजाँच गर्दा दंग पर्यो प्रहरी

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस नागढुङ्गाबाट चेकजाँच गर्दा दंग पर्यो प्रहरी

नेपाल प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश २–००३–००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत विहारका

२० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागुऔषध लिएर काठमाडौँभित्र प्रवेश गर्दैै

गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले महतोसँग २०० एम्पुल नुर्फिन, २०० एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो ।

पक्राउ परेका महतोलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.