काठमाडौ । रणवीर कपुर, अनिल कपुर, परिणिती चोपडा र बबी देओल स्टारर बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता बिपिन कार्कीले समेत अभिनय गर्ने भएका छन् ।
अभिनेता कार्कीले सुटिङको लागि आगामी अगस्टमा आफूलाई मुम्बईमा बोलाइएको बताए ।‘जुलाईदेखि अगस्टसम्म मलाई बोलाइएको छ’ कार्कीले भने, ‘यसलाई मैले महत्वपूर्ण अवसरको रुपमा पनि लिएको छु ।’
छोटो भूमिका भएपनि आफ्ना लागि यो फिल्म महत्वपूर्ण हुने कार्कीले बताए । ‘अगस्टमा बोलाइएपनि सुटिङ तालिका कोरोनाभाइरस महामारीमा निर्भर हुनेछ देखेको छु’ उनले भने ।
कार्कीका अनुसार रणवीरको मुख्य भूमिका भएपनि फिल्ममा चाहिँ उनले अनिल कपुरसँग स्क्रिन सेयर गर्नेछन् ।
‘कविर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्मको अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । आगामी अगस्ट ११, २०२३ मा एनिमलको प्रदर्शन मिति घोषणा गरिएको छ ।