Monday , July 4 2022
Breaking News
Home / समाचार / काठमाडौं उपत्यकामा कति संक्रमण पुष्टि ?

काठमाडौं उपत्यकामा कति संक्रमण पुष्टि ?

पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा को’रोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा को’रोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा ए’न्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २६०७ जना रहेका छन् । काठमाडौंमा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनालाई पोजेटिभ देखिएको छ । देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् ।

यो पनि – अहिले देखिएको को’रोना भाइरस संक्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्। संक्रमणको दोस्रो लहरले अधिकांश बि’रामीलाई अक्सिजनको आवश्यकता परे पनि अहिले देखिएको ओ’मिक्रोन भेरियन्टका कारणले संक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्।

अस्पतालमा संक्रमितको संख्या बढे पनि जटिल खालका बि’रामी नआएको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा. मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन्।

‘अहिले अस्पतालमा उपचार गर्न आएका संक्रमित बि’रामीलाई अक्सिजनको आवश्यकता परेको छैन’, उनले भनिन्, ‘६० प्रतिशत बि’रामीलाई अक्सिजन आवश्यकता परेको छैन।’ संक्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखेको छ।

उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीनजनालाई सघन उपचार कक्ष (आइसियु) मा अक्सिजन दिई उपचार गरिएको छ। नौजना हाई डि’पडेन्सी कक्ष (एचडीयु) मा उपचार भइरहेको छ। उनका अनुसार अस्पतालमा भर्ना भएका अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन्।

यस्तै अहिले ओ’मिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा संक्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ। यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा संक्रमण गराउने गर्दथ्यो। टेकु अस्पतालमा बिहीबार पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई को-भि’ड–१९ संक्रमण भएको थियो।

अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ। अस्पतालका निर्देशक डा. रावलले संक्रमित बढिरहेकाले अबको दुई हप्ता चु’नौतीपूर्ण रहेको बताए। ‘ओ’मिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ। त्यसैको आधारमा अवको दुई हप्ता चु’नौतीपूर्ण हुने देखिन्छ’, उनले भने।

यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि संक्रमितको संख्या बढिरहेका छन्। अहिले अस्पतालमा ५५ संक्रमितको उपचार भइरहेको छ। अस्पतालका डा. प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरै बि’रामीलाई अक्सिजन नचाहिएको बताए।

‘दोस्रो लहरको जस्ता अहिले देखिएका संक्रमितलाई अक्सिजन चाहिएको छैन’, उनले भने, ‘भर्ना भएका १५ प्रतिशत बि’रामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौं।’अहिलेका संक्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको उनको भनाइ छ।

Mयस्तै को-भि’ड–१९ यु’निफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा विगत २४ घण्टामा १४ जना बि’रामी भर्ना भएका छन्। अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले संक्रमण बढेसँगै संक्रमित पनि भर्ना हुन आउने बढेको बताए। उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन्।

तीमध्ये नौजनाको आइसियुमा उपचार भइरहेको छ। सरकारले को’रोना भाइरस संक्रमितको उपचार गर्न भनेर गत वर्ष यु’निफाइड अस्पताल सञ्चालनमा ल्याएको हो। उनले अहिलेसम्म भर्ना भएका धेरै बि’रामीलाई अक्सिजनको आवश्यकता नपरेको बताए।

अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ। अस्पतालमा ५०० शय्यासहित १०० श’य्याको आइसियु रहेको छ। ओ’मिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मकरुपमा फैलिने बताइएको छ।

ओ’मिक्रोनले को’रोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमित बनाउन सक्छ। यो भेरियन्टको सम्भावित जो’खिमलाई रोक्नका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डि’पेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले आइसियु २ हजार ७९७, भेन्टिलेटर १ हजार ८, एचडियु ३ हजार ८४६ रहेका छन्। यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन क’न्सट्रेटर ६९३ रहेका छन्।

यसैगरी २५ अक्सिजन ट्यांकमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ। उपत्यकामा २ हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन्। हालसम्म नेपालमा २७ जना ओ’मिक्रोन भेरियन्टका संक्रमित पत्ता लागेका छन्।

About admin

Check Also

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत …

Leave a Reply

Your email address will not be published.