Wednesday , June 29 2022
Breaking News
Home / समाचार / कोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई एकाबिहानै आयाे दु:खकाे खबर

कोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई एकाबिहानै आयाे दु:खकाे खबर

कोरो-नाकाे कलहले निन्द्रा उडाएकाे काठमाडौँ बासीन्दाहरुलाई एकाबिहानै आयाे दु:खकाे खबर

काठमाडौं उपत्यका को- रोना भाइरस संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा को- रोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो ।

१२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमितमध्ये ३३४७ जना काठमाडौं उपत्यकाका छन्, जुन आइतबार पहिचान भएका संक्रमितको दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै २५४५ जना काठमाडौंका छन् । भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।

को- रोनाको सम्भावित तेस्रो लहरले काठमाडौं उपत्यका को- रोनाको ‘हटस्पट’ बन्दै गएको बताउँछन्, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘पहिलो लहरमा वीरगञ्ज संक्रमणको हटस्पट बन्यो । दोस्रोमा बाँकेको नेपालगञ्ज । तर तेस्रो लहरमा काठमाडौं उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गएको देखिन्छ’ उनले भने ।

ओ-मिक्रोन आफैंमा बढी संक्रामक भाइरस हो र जनघनत्वको हिसाबले सबभन्दा घना शहर उपत्यका हो । डा। पुन भन्छन्, ‘जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालनामा बेवास्ता हुँदा संक्रमण तीव्र रुपमा फैलने नै भयो । काठमाडौंमा विभिन्न राजनीतिक दलको सम्मेलनका कारण भीडभाड बढ्न जाँदा ओ-मिक्रोनको संक्रमण ‘साइलेन्स’ रुपमा फैलिएको हुन सक्ने उनी बताउँछन् ।

पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुलाई नै संक्रमण देखिनुले पनि राजनीतिक दलको सभासम्मेलनमै संक्रमण साइलेन्स रुपमा घुमिरहेको थियो भन्ने पुष्टि गरेको डा। पुन बताउँछन् । चिसो मौसमका कारण रुघाखोकी जस्ता लक्षण देखिएको भनेर परीक्षण नगर्दा पनि संक्रमण भित्रभित्रै फैलन सक्ने उनको तर्क छ । ओ-मिक्रोनको लक्षण डेल्टाको भन्दा केही भिन्न छ ।

डेल्टाले सिधै फोक्सोमा इ`न्फे`क्सन गराउँथ्यो । जसले गर्दा संक्रमितलाई असहज भएर अस्पतालसम्म जानुपर्ने बाध्यता हुन्थ्यो । तर मौसम परिवर्तन हुँदा देखा पर्ने जस्ता लक्षण ओ`मिक्रोनले गराउने भएका कारण पनि धेरैले समयमा परीक्षण गराएनन्, जसले भित्रभित्र संक्रमण फैलिएर संक्रमण दर बढेको हुन सक्ने डा। पुन बताउँछन् ।

पछिल्लो समय संक्रमण बढेपछि अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा परीक्षण गराउनेहरु बढेका छन् । डा। पुन भन्छन्, ‘सामान्य लक्षण देखिए पनि घरका अन्य सदस्यमा संक्रमण नफैलियोस् भनेर परीक्षण गर्नेहरु यहाँ धेरै छन् । परीक्षण बढी भएपछि संक्रमण बढी देखिनु स्वभाविक पनि हो ।’

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.