Sunday , May 22 2022
Breaking News
Home / समाचार / स्कूल मात्र बन्द नभई अब सबै बन्द हुने।केही पनि खुल्न नपाउने।

स्कूल मात्र बन्द नभई अब सबै बन्द हुने।केही पनि खुल्न नपाउने।

सुर्खेतमा आज राती १२बजे देखी स्मार्ट लकडाउन हुने भएको छ ।

शनिवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल द्वारा हस्ताक्षरीत एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफरिस एवं गृह मन्त्रालयको निर्णय संक्रामक रोग एन २०२० को

दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सुर्खेत जिल्लामा आज राती १२ बजे देखी अर्को सुचना जारी नभए सम्म स्मार्ट लकडाउनको घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।

आवश्यक कार्यक्रम संचालन गर्नका लागि प्रशासनको अनुमती लिनुपर्ने, माघ १५ गते सम्म सम्पुर्ण शैक्षीक संस्थाहरुहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षकि संस्थाको परिक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशमा तोकिए अनुसार नियमको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.